Message From Chairperson
RAJA BHAI BHELE SHRESTHA
अध्यक्षको सन्देशः
समुदायमा आधारित रही २०५५ साल असोज २३ गते देखि सदस्यहरुमा बचत, ऋण र सामाजिक सेवाको कार्य गर्दै भक्तपुर जिल्लामा संचालित यस संस्था मार्फत सदस्यहरु माझ आपसी सहयोग, सद्भाव र सामूहिक हितको विकास गर्न प्रेरीत गर्दै वित्तीय रुपले संस्थालाई सवल र सक्षम बनाईनेछ । नीति, विधि र प्रविधिको प्रयोग गरी धेरै भन्दा धेरै सदस्यहरुलाई सेवा दिइनेछ ।
Message From CEO
RABINDRA GHIMIRE
व्यवस्थापकको प्रतिवद्धताः
सहकारी मूल्य मान्यता, सिद्धान्त, सहकारी ऐन , नियम अनुसार प्रविधिको उच्चतम प्रयोग गरी सदस्य सेवामा समर्पित यस संस्थालाई वित्तीय रुपले सवल र सक्षम बनाइनेछ । संस्थाले तय गरेको परिकल्पना अनुसार लक्ष्य प्राप्तीको लागि मेरो नेतृत्वको व्यवस्थापन समूह सक्रियताका साथ उच्च कार्यसम्पादन गर्न प्रतिवद्ध छ ।
२०५५ असोज २३ गते २६ जना सदस्यवाट तत्कालिन डिभिजन सहकारी कार्यालय भक्तपुरमा सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. को नाममा दर्ता भई भक्तपुर न.पा को तत्कालिन ९ वटा वडा कार्यक्षेत्र रहि नगरपालिका भित्र संचालित हुँदै आएकोमा व्यवशाय विस्तारका लागि कार्यक्षेत्र विस्तार गर्न आवश्यक महशुस गरी बुद्ध बचत तथा ऋण सहकारी संस्था लि. संग मिति २०७६।११।२९ मा र समता बचत तथा ऋण सहकारी संस्था लि संग मिति २०७७।०२।२१ मा एकीकरण गरी हाल भक्तपुर जिल्ला भर नै २ वटा सदस्य सेवा केन्द्र सहित आफ्नै भवनवाट संस्थाले सेवा दिंदै आएको छ ।
निती र विधिलाई आत्मा साथ गर्दै स्थापना देखि नै संस्थाले सहकारी मूल्य मान्यता र सिद्धान्त, सहकारी ऐन, नियम संस्थाको विनियमको पालना गर्दै आफ्नै आन्तरिक सुशासन नीति तयार गरी सदस्यलाई प्रविधि मैत्री सेवा प्रदान गर्दै आएको छ ।
संचालक समिति, लेखा समिति र उप समितिहरुबाट परिणाममुखी नेत्तृत्व प्रदान गर्दै पूर्ण व्यवसायिक व्यवस्थापन समूहबाट उच्च उत्पादकत्व हासिल गर्ने गरी संस्था संचालन गरिनेछ ।